अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु
अछाम | चैत २९, २०७९
काठमाडौं: अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु भएको छ।
बुधबार साँफेबगर नगरपालिका-१ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथको स्कुटरसहित सडकबाट खसेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटरसहित सडकबाट तल खसेर उनको मृत्यु भएको बताए।
आफन्तहरू घटनास्थलमा पुगेपछि उनको शव उठाइने छ।
प्रहरीका अनुसार उनी मंगलबार राति स्कुटर दुर्घटनामा परेका हुन्। उक्त ठाउँमा यसअघि पनि सवारी दुर्घटना भइसकेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

